+
+

सेफ्टी ट्याङ्‍कीको फोहोर ढलमा मिसाउनेलाई महानगरले तिरायो ५० हजार जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते ११:५५

२४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले सेफ्टी ट्याङ्‍की ढलमा मिसाउने एकजनालाई कारबाही गरेको छ ।

महानगरका अनुसार काठमाडौं-६ स्थित बौद्धका गोकुलबहादुर बुढाथोकीले सेफ्टी ट्याङ्‍कीको फोहोर ढलमा मिसाएको पाइएपछि ५० हजार रूपैयाँ जरिवाना तिराइएको हो ।

महानगरपालिका भित्र जथाभावी फोहोर फाल्ने, खुल्ला ठाउँमा आगो बाल्ने, सडकमा निर्माण सामग्री राख्ने र ढल वा नदीमा फोहोर मिसाउनेलाई कारबाही गर्दै आइरहेको महनागरका नगर प्रहरी उपरीक्षक राजु पाण्डेले जानकारी दिए । ही नियम अनुसार महानगरले बुढाथोकीलाई जरिवाना तिराउने काम भएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?