+
+

चुरोट, सुर्तीभन्दा खाद्यान्न र दुग्ध पदार्थको मूल्यवृद्धि धेरै

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १२:५८

२५ असार, काठमाडौं । नेपालमा अघिल्लो आर्थिक वर्ष (आव) २०७८/७९ को तुलनामा चालु आव २०७९/८० मा मूल्यवृद्धि नियन्त्रित अवस्थामा देखिएको छ । तर, दैनिक उपभोग्य वस्तुमा भने चर्को मूल्यवृद्धि कायम छ ।

नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति जेठ मसान्तमा ६.८३ प्रतिशत रहेको छ । अघिल्लो आवका यसै महिनामा यस्तो मुद्रास्फीति ८.५६ प्रतिशत थियो । यसलाई उपसूचक अनुसार हेर्दा भने दैनिक उपभोग्य वस्तुको मूल्य उच्च दरले बढेको छ ।

मर–मसला उपसमूहको मूल्य ३५.२९ प्रतिशत, रेष्टुरेन्ट तथा होटलको १४.३६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.०६ प्रतिशतले मूल्य बढेको छ ।

दुग्ध पदार्थ तथा अण्डाको १०.९८ प्रतिशत र सुर्तीजन्य पदार्थको मूल्य मात्र ८.४९ प्रतिशतले बढेको छ । तथ्यांक अनुसार खाद्यान्नको तुलनामा सुर्तीजन्य पदार्थको मूल्य कम बढेको हो । घिउ तथा तेल उपसमूहको मूल्य भने १६.६० प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?