+
+

विराटनगरमा साइकल यात्रीमाथि अमानवीय कुटपिट, एक पक्राउ, दुई फरार

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १३:५८

२६ असार, विराटनगर । विराटनगरमा साइकल यात्रीलाई अमानवीय तरिकाले कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेकाे प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अरु २ जना फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।

असार २० गते राति साढे ८ बजेतिर विराटनगरको दुधफारमस्थित कोशी राजमार्गमा साइकल चालक पवन साहलाई विपरीत दिशाबाट कारमा आएकाहरुले अमानवीय तरिकाबाट कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।

साहलाई कुटपिट गर्नेमा बा १५ च ३४४५ नम्बरको कारमा सवार वर्ष १९ को आयुष भेटुवाल, १८ को कुशल भेटुवाल र जिल्ला तेह्रथुम घर ठेगाना भएका वर्ष ३० का रोशन कार्की रहेका र त्यसमध्ये आयुषलाई २१ गते नै पक्राउ गरी ज्यान मार्ने उद्योगमा म्याद थप भई कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले स्पष्ट पारेको छ ।

फरार भएका कुशल र रोशनको खोजतलास जिल्ला प्रहरी कार्यालय मोरङबाट भइरहेको पनि नेपाल प्रहरीले स्पष्ट पारेको छ ।

के हो घटना ?

भिडियोमा देखिए अनुसार असार २० गते राति कोशी राजमार्गमा बा १५ च ३४४५ नम्बरको कार गइरहेको दिशामा विपरीत दिशाबाट साह साइकलमा आइरहेका हुन्छन् ।

कारको अगाडि साइकल आएपछि कार स्लो हुन्छ । साह छेउबाटै साइकलमा अघि बढ्छन् ।

कार साइडमा राेकिन्छ । ढोका खोलेर आयुष बाहिर निस्किन्छन् र कुदेर गएर साइकलमा गइरहेका साहलाई टाउकोमा मुक्काले हान्छन् ।

मुक्का लागेर साह सडकमै ढल्छन् । त्यसपछि आयुष सडकमा यताउता गर्छन् । साहको पछि पछि साइकलमै आइरहेका व्यक्ति यो सबै देखेर अलमल परेको भिडियोमा देख्न सकिन्छ ।

कारबाट निस्केका आयुषका एक जना साथीले साइकललाई साइड लगाउँछन् । आयुषले बेहोश भएर घोप्टो परेका साहलाई दुई खुट्टामा समातेर घिसार्दै साइड लगाएको भिडियोमा देख्न सकिन्छ । कार चालकको सिटमा बसेका व्यक्तिले ढोका खोलेर त्यहीं उभिई घटनालाई हेरिरहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?