+
+

बतास एमएडब्लु कमर्सियल भेहिकल्सको फाइनान्सर्स भेला सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १८:००

काठमाडौं । नेपालका लागि आइसर कमर्सियल भेहिकलको आधिकारिक बिक्रेता बतास एमएडब्लु कमर्सियल भेहिकल्स प्रालिले भोल्भो आइसर कमर्सियल भेहिकल्स इन्डियाको सहकार्यमा फाइनान्सर्स भेला आयोजना गरेको छ ।

आइसर कमर्सियल भेहिकलमा बतास अर्गनाइसजेन र एमएडब्लु ग्रुपले साझेदारी गरेपछि पहिलो पटक औपचारिक कार्यक्रम आयोजना गरिएको कम्पनीले बताएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपककुमार अग्रवालका अनुसार कार्यक्रमको मुख्य उद्देश्य आइसर ब्रान्डलाई सफल बनाउन महत्वपूर्ण सहयोग गर्ने बैंकर तथा व्यवसायीहरुप्रति कृतज्ञता व्यक्त गर्नु रहेको थियो ।

नेपालको पूर्वाधार विकास र आर्थिक क्रियाकलापमा कमर्सियल भेहिकलको भूमिका महत्वपूर्ण रहेको अग्रवालको भनाइ छ । यस क्षेत्रको विकास तथा विस्तारमा बैंक तथा निर्माण व्यवसायीको योगदानको कदर गर्न कम्पनीले कार्यक्रमको आयोजना गरेको उनले बताए ।

बतास अर्गनाइजेसन तथा एमएडब्लु कमर्सियलबीच भएको नयाँ साझेदारी तथा भावी कार्ययोजनाबारे जानकारी गराउनु पनि कार्यक्रम आयोजना गरिएको अग्रवालले बताए ।

दुई समूहबीचको साझेदारी नवीनता, दिगोपन र ग्राहक केन्द्रित समाधानहरुमा लक्षित हुने उनले बताए । ग्राहकको सेवा र सुविधालाई ध्यानमा राखेर यो साझेदारीले नवीनता र दिगोपनलाई पनि उत्तिकै महत्व दिइने उनले बताए ।

बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले आइसर यात्राको सफलता र निरन्तरताको लागि बैंकहरु र ग्राहकको विशेष भूमिका रहेको र भविष्यमा पनि त्यस्तै सहयोगको अपेक्षा रहेको बताए ।

कम्पनीका प्रबन्ध सञ्चालक शान्तराज बतासले टेलिमेटिक्स प्रविधिको कार्यान्वयन र हरेक ५० किलोमिटरमा सर्भिस नेटवर्क विस्तारको माध्यमबाट ग्राहकको सन्तुष्टि बढाउने रणनीतिक योजना सार्वजनिक गरेका थिए ।

कार्यक्रममा आइसरको नेपाल यात्रालाई महत्वपूर्ण सहयोग गर्ने एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई बैंक लगायत नौ वटा बैंक तथा वित्तीय संस्थालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्र, निर्माण व्यवसायी, कमर्सियल भेहिकलका अगुवा, यातायात संघका पदाधिकारी एवम् विज्ञहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?