+
+

सीमा क्षेत्रमा भेटियो कटुवा पेस्तोल

अनलाइनखबर अनलाइनखबर
२०८० असार २७ गते ७:५८

२७ असार, धनगढी । कैलालीमा भारतीय सीमावर्ती क्षेत्रबाट कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । धनगढी उपमहानगरपालिका–१९ को आँखीफुुट्टेबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा कटुुवा पेस्तोल बरामद गरेको जनाएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) धिरेन्द्र शाहले सहायक सीमा स्तम्भ नम्बर ७३७÷३ नजिकै गाईगोरु हेर्न बनाइएको खरले छाएको छाप्रोभित्र पेस्तोल भेटिएको जानकारी दिए ।

उनकाअनुसार बिओपी लल्लीपुरका सशस्त्र प्रहरी नायब निरीक्षक(सई) कृष्णबहादुर थापा नेतृत्वको टोलीले पेस्तोल बरामद गरेको हो ।

बरामद गरिएको पेस्तोल आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?