+
+

जुकरबर्गको व्यक्तिगत सुरक्षा खर्च वार्षिक पौने २ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०८० असार २७ गते १०:१८

काठमाडौं । फेसबुकका संस्थापक तथा मेटा कम्पनीका सीईओ मार्क जुकरबर्ग पछिल्ला दिनमा नयाँ सोसल मिडिया प्लाटफर्म थ्रेड्स र आफ्नो व्यक्तिगत सुरक्षामा भैरहेको अविश्वसनीय खर्चका कारण चर्चामा छन् ।

जुकरगर्बको व्यक्तिगत सुरक्षामा मेटा कम्पनीले पछिल्लो ३ वर्षमा ४ करोड डलर अर्थात् करीब ५ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको छ । उनको परिवारले सञ्चालन गरेको फाउन्डेसनद्वारा पुुलिसलाई बदनाम गर्ने समूहलाई दिइएको लाखौँ डलरको आर्थिक सहायताको आडमा उक्त खर्च गरिएको बताइएको छ ।

अन्तराष्ट्रिय खोज पत्रकार ली फेंगले गरेको अनुसन्धान अनुसार मार्क जुकरबर्ग र पत्नी प्रिसिला चानको नाममा खुलेको चान जुकरबर्ग इनिसिएटिभ (सीजेडआई) नामक संस्थाले डिफन्ड पुलिस डट ओआरजी को आडमा पोलिसिलिंक नामक संस्थालाई सन् २०२० देखि ३० लाख डलर रकम प्रदान गर्दै आएको छ ।

डिफन्ड पुलिस डट ओआरजीले आफूलाई आयोजक तथा अधिवक्ताहरुका लागि वन स्टप शपको रुपमा दाबी गर्दै आएको  छ । यसले यस्ता मानिसहरुलाई सुरक्षा प्रदान गर्दछ जसले पुलिस सुरक्षा नलिइकन आफूलाई सुरक्षित राख्नका लागि हतियार, संशाधन तथा प्रशिक्षणको खोजी गरिरहेका हुन्छन् ।

जुकरबर्गले पत्नी प्रिसिला चानसँग मिलेर सीजेडआई नामक फाउन्डेसन स्थापना गरेका हुन् । उक्त संस्थाले सलिडेयर नामक समूहलाई समेत २५ लाख डलरको मौद्रिक सहायता दिएको थियो, जुन समूहको उद्देश्य नै पुलिसलाई समाप्त पार्नु हो ।

गत फेब्रुअरीमा कम्पनीले तयार पारेको कागजात अनुसार मेटा कम्पनीले सन् २०२३ मा जुकरबर्गको सुरक्षा खर्चमा अझै वृद्धि गरेर १ करोड ४० लाख डलर पूराएको छ । पछिल्ला केही वर्षदेखि जुकरबर्गको व्यक्तिगत सुरक्षामा वार्षिक औसतमा १ करोड डलर खर्च हुने गरेकोमा यो वर्ष ४० लाख डलर थपिएको हो । साथै जुकरबर्गलाई विभिन्न सुरक्षा तथा अन्य आवश्यकताहरुका लागि समेत धन खर्च गर्नसक्ने अधिकार दिइएको छ ।

मेटा कम्पनीको स्थिति तथा महत्वलाई मध्यनजर गर्दै जुकरबर्गको सुरक्षा खर्चमा बढोत्तरी गरिएको दाबी मेटा कम्पनीको छ ।

कम्पनीले के पनि दाबी गरेको छ भने जुकरबर्गले आफूलाई वर्षमा केबल १ डलर मात्रै तलब प्रदान गर्न तथा बोनस, इक्विटी तथा अन्य प्रोत्साहनबापत कुनै पनि रकम प्रदान नगर्न मेटासँग अनुरोध गरेका छन् ।

यद्यपि कतिपयले भने जुकरबर्गको निजी सुरक्षामा भएको अविश्वसनीय खर्चका साथै पुलिसलाई बदनाम गर्ने समूहहरुलाई आर्थिक सहयोग गरेको भन्दै आलोचना गर्दै आएका छन् ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?