+
+

पत्नी शोकमा परेका प्रधानमन्त्रीको औपचारिक कार्यक्रम तीन दिन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० असार २८ गते १२:३८

२८ असार, काठमाडौं । पत्नी शोकमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम तीन दिन स्थगित गरिएको छ ।

बुधबार पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी हुने छैनन् ।

‘तीन दिनलाई सबै औपचारिक कार्यक्रम स्थगित गरिएको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने ।

उनका अनुसार, समवेदना साट्न आउनेहरुसँग यो अवधिमा बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म भेट हुनेछ । ‘आज पनि समवेदना साट्न आउनेहरुलाई धन्यवाद दिनुभयो, फेरि साँझ हुनेछ’, आचार्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?