+
+

दार्चुलामा भारततर्फ सडक बनाउँदा नेपालमा क्षति   

रासस रासस
२०८० असार ३० गते १६:२२
दार्चुलामा महाकाली नदी

३० असार, खलङ्गा । भारतले आफ्नो क्षेत्रमा सडक निर्माणका क्रममा विष्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ क्षति पुर्‍याएको छ ।

भारतको पिथौरागढ जिल्ला धारचुला तहशिलअन्तर्गतको नयाँबस्तीमा सडक निर्माणका क्रममा उछिट्टिएको ढुङ्गाले नेपालतर्फ महाकाली नगरपालिका–५ मसिनीबलुवाका तीन स्थानीयवासीको घर र गोठमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

बिहीबार र शुक्रबार लगातार सडक निर्माणका लागि विष्फोटक पदार्थ प्रयोग गर्दा ढुङ्गा उछिट्टिएर स्थानीय नरभान बडू, हरकसिंह ठगुन्ना र जगतसिंह ठगुन्नाको घरमा क्षति पुगेको हो । ‘ब्लास्टिङ गर्दा भारतबाट ढुङ्गा उछिट्टिएर नेपालतर्फ खेतबारीसम्म पुगेका छन्, भारतीय पक्षले बिनासूचना ब्लास्टिङ गर्ने गरेको छ, यसबाट थप क्षतिको खतरा छ’, स्थानीय नरभान बडूले भने ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?