+
+

मिटरब्याज सम्बन्धी कानुन आउन नदिन चलखेल भइरहेको छ : चित्रबहादुर केसी

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३० गते १६:४४

३० असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाले मिटरब्याज सम्बन्धी विधेयक तत्काल ल्याउन सरकारलाई आग्रह गरेको छ ।

अध्यक्ष चित्रबहादुर केसीले मिटरब्याजसम्बन्धी कानुन आउन नदिन चलखेल भइरहेको आशंका गर्दै दबाबलाई परास्त गरेर उक्त विधेयक ल्याउन सरकारलाई आग्रह गरेका हुन् ।

‘…मिटरब्याजपीडितलाई राहत दिलाउन ल्याउन थालिएको मिटरब्याजसम्बन्धी विधेयक आउन नदिनका लागि भएका चलखेल र दबाबलाई परास्त गर्दै सरकारले उक्त विधेयक ल्याउनुपर्नेमा हामीले जोड दिन चाहन्छौँ’, केसीले विज्ञप्तिमा भनेका छन् ।

मिटरब्याजीहरूले जनतालाई गम्भीर रूपमा शोषण र आर्थिक दोहन गरिरहेको भन्दै केसीले त्यस्तो शोषण कार्यलाई रोक्न र शोषण र दोहन गर्नेहरूलाई कडा कारवाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । ‘देशमा मिटरब्याजपीडित जनताको समस्या गम्भीर बन्न गएको छ र त्यो समस्या समाधानका लागि सरकारले उपयुक्त कानुनी व्यवस्थासहित कडा कदम उठाउनुपर्ने आवश्यकता छ’ केसी भनेका छन् ।

सरकारले गत वैशाखमा ल्याएको मिटरब्याजसम्बन्धी अध्यादेश गत २० असारदेखि निष्क्रिय भएको छ । सरकारले समयमा नै प्रतिष्थापन विधेयक संसदबाट पारित नगर्दा मिटरब्याजसम्बन्धी अध्यादेशले गरेका व्यवस्था शून्यमा गएको छ ।

राष्ट्रिय जनमोर्चाले बाढी पहिरो र डुबानबाट जनधनको क्षति हुनबाट बचाउन आवश्यक सबै कदम उठाउन र बाढीपीडित जनतालाई आवश्यक राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?