+
+

कालिमाटी र बालाजु बजारको भाडा सम्झौता खारेज गर : कृषि सहकारी संघ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते १३:३८

१ साउन, काठमाडौं । कालिमाटी र बजालु तरकारी बजारमा प्रतिस्पर्धाविनै गरिएको सम्झौता खारेज गर्न नेपाल कृषि सहकारी केन्द्रीय संघले आग्रह गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै संघले किसानलाई बजारका पसलहरु प्रतिस्पर्धाबाट भाडामा लगाउने आश्वासन दिएर बिचौलियालाई पुनः भाडामा लगाएको आरोप छ ।

बजार विकास समितिका पदाधिकारी, सचिव एवम् मन्त्रीसँग कालिमाटी बजारमा किसानको पहुँच स्थापित गराउन पटक–पकट अनुरोध गरिए पनि सुनुवाइ नभएको स‌ंघको आरोप छ ।

बजारका ५० प्रतिशत पसलहरु किसानका लागि छुट्ट्याउने प्रतिबद्धता कार्यान्वयन नगरी बिचौलियालाई पुनः पसल भाडामा लगाउने कार्य भएको संघले बताएको छ ।

जसले पसलहरु सञ्चालन गरेको थियो उनीहरुलाई नै दिने गरी प्रतिस्पर्धा नगराई अपारदर्शी ढंगबाट प्रक्रिया अगाडि बढाएको प्रति गम्भीर ध्यानाकर्षण भएको संघका अध्यक्ष खेमबहादुर पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भाडामा दिने प्रक्रिया तत्काल रोकी किसानका लागि ५० प्रतिशत पसलहरु छुट्याउनु पर्ने माग संघको छ ।

सरकारले कृषि बजारमा किसानहरुलाई वेवास्ता गर्दै अगाडि बढे ७७ वटै जिल्लाका किसान आन्दोलित हुन बाध्य हुने चेतावनी पनि संघले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?