+
+

निर्यातमा नगद अनुदान प्राप्त गर्न विभागले माग्यो मूल्य अभिवृद्धि प्रमाणीकरण

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते १४:०२

१ साउन, काठमाडौं । उद्योग विभागले निर्यातमा नगद अनुदान प्राप्त गर्ने उद्योगी व्यवसायीलाई प्रक्रिया सुरु गर्न आग्रह गरेको छ । आइतबार एक सूचना जारी गर्दै विभागले निर्यातमा अनुदान दाबी गर्नका लागि आवश्यक पर्ने मूल्य अभिवृद्धि प्रमाणीकरण गर्न भनेको हो ।

जसअनुसार उद्योगी तथा व्यवसायीहरुले १ साउनदेखि असोज मसान्तसम्म विभागले तोकेको विवरणसहित निवेदन पेश गर्नु पर्नेछ । विभागले उद्योगी व्यवसायी संघ मूल्य अभिवृद्धिको स्वघोषणा, उद्योग दर्ताको प्रमाण, वस्तु निर्यात गरेको विवरण र निर्यात भएको वस्तुमा प्रयोग भएको कच्च पदार्थ खपतको विवरण पेश गर्न भनेको छ ।

यसरी विरवण पठाउँदा कच्चा पदार्थ पैठारी गरेको वा स्वदेशमै खरिद गरेको विवरण पनि उद्योगहरुले खुलाउनु पर्नेछ । यस्तै भन्सारको प्रज्ञापन पत्र, एक्जिम कोडको छाया प्रति, गत आवको लेखा परीक्षण रिपोर्ट, कर चुक्ता प्रमाण पत्र पनि विभागमा पेश गर्नुपर्छ ।

सरकारले नेपालमा उत्पादित तथा नेपालमा कच्चा पदार्थ आयात गरेर ३० देखि ५० प्रतिशतभन्दा धेरै मूल्य अभिवृद्धि गर्ने ३३ प्रकारका वस्तु उत्पादकलाई निर्यातमा नगद अनुदान प्रदान गर्दै आएको छ ।

अनुसूची १ मा समावेश भएका चिया, कफी, बेसार, छुर्पी जस्ता १५ प्रकारका वस्तुको निर्यातमा ५० प्रतिशत मूल्य अभिवृद्धि भए ५ प्रतिशत अनुदान पाइन्छ भने सिमेन्ट, क्लिङ्‍कल लगायतका वस्तुमा ३० प्रतिशत मूल्य अभिवृद्धि भए ४ प्रतिशत अनुदान पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?