+
+

राप्रपाले गर्‍यो मैतीदेवी–पशुपतिनाथ धार्मिक यात्रा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते १६:४४

१ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार मैतीदेवी–पशुपतिनाथ धार्मिक यात्रा गरेको छ । हिन्दुराष्ट्रको पुनर्स्थापना, हिन्दुत्वको रक्षा एवं धार्मिक जागरणका लागि राप्रपाको नेपाल सनातन धर्म संस्कृति संगठनले धार्मिक पदयात्रा गरेको जनाएको छ ।

मैतीदेवी मन्दिरमा भेला भई विभिन्न धार्मिक गतिविधि गर्दै पशुपतिनाथ मन्दिरसम्म पदयात्रा गरिएको छ । पदयात्रामा राप्रपाका नेता, धार्मिक क्षेत्रका अगुवा, सामाजिक जीवनका विशिष्ट व्यक्ति, समान विचार भएका व्यक्ति, समूह, संस्थालगायतको सहभागिता थियो ।

नेपाल सनातन धर्म संस्कृति सङ्गठनका अध्यक्ष पुष्पराज पुरुषले हिन्दूधर्म तथा संस्कृति अहिले कमजोर बन्दै गएकाले यसको महत्वलाई बढाउन यात्रा आयोजना गरिएको जानकारी दिए ।

‘यस धर्ममा पुजिने हरेक देवीदेवताका आआफ्ना गुण र विशेषता छन् । त्यसमध्ये देवका पनि देव मानिने महादेव शिव विशेष हुन्’, उनले भने, ‘साउनको महिना शिवलिङ्गको पूजा गर्ने अर्थात् सृष्टि, प्रकृतिको पूजा गर्ने र आफूभित्रको संसारलाई चिन्ने महिनाका रुपमा लिने गरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?