+
+

नेपाल तीन बक्सरले स्कटल्याण्डमा प्रो इभेन्ट खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते १७:४५

१ असार, काठमाडौं । तीन नेपाली बक्सरले स्कटल्याण्डमा यही जुलाई अन्तिममा प्रो बक्सिङ खेल्ने भएका छन् ।

जुलाई २९ मा हुने ‘रम्बल इन दी जंगल’ नाम दिइएको उक्त इभेन्टमा नेपालका म्याक्स बस्नेत, पुरन राई र आकाश डाँगीले प्रतिस्पर्धा गर्नेछन् ।

गतवर्ष स्पेनमा गएर खेलेका म्याक्सले यस पटक बबी कार्टरसँग प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै आकाश डाँगीले युनिभर्स बक्सिङ युनियन बेल्ट म्याच अन्तर्गत ५८ केजी सुपर फेदर वेइटमा स्कटल्याण्ड च्याम्पियन एन्डी बेलसँग १० राउण्डको मुख्य इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी नेपालका अनुभवी बक्सर पुरन राईले ५७ केजी तौलमा विलियम कार्टरसँग प्रतिस्पर्धा गर्दैछन् । विजेताले नगद पुरस्कारका साथै बेल्ट प्राप्त गर्नेछन् ।

म्याक्स बक्सिङ प्रवर्द्धनका प्रबन्ध निर्देशक मुक्ति थापा तथा एनपीबीसी अध्यक्ष राजनविक्रम प्रजापतिले सोमबार तीन खेलाडीलाई सफलताको शुभकामना साथै बिदाइ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?