+
+

यस्तो छ इमोजीको इतिहास, कसरी सबैको फोनसम्म ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते १८:२५

२ साउन, काठमाडौं । मोबाइल फोन प्रयोग गर्ने सबैलाई इमोजीको बारेमा थाहा नहुने कुरै भएन । संसारभरका मानिसहरु इमोजी प्रयोग गर्दछन् । मानिसको थरीथरीका भावभंगीहरु प्रदर्शन गर्नका लागि फरक फरक इमोजीहरु उपलब्ध छन् ।

अहिले मोबाइल प्रयोगकर्ताहरु फोनमा कुराकानी भन्दा च्याट धेरै गर्दछन् । अनि च्याटमा शव्दहरु लेख्नुभन्दा सन्दर्भ अनुसारका इमोजी पठाउनु सजिलो हुन्छ । केही नलेखिकनै इमोजीबाट धेरै कुरा बताउन सकिन्छ ।

त्यसैले अहिले इमोजी केवल मेसेजको सजावटको सामान मात्र होइन कि मानिसको आवश्यकता नै बनिसकेको छ । तर के तपाईलाई इमोजीको इतिहास थाहा छ ? इमोजीको विकास कहाँ भयो र कसरी यो मानिसका फोनमा कसरी फैलियो ?

सबैभन्दा पहिले सन् १९९० को दशकमा जापानमा मोबाइल फोनमा इमोजीको प्रवेश भएको हो । जापानी कलाकार शिगेताका कुरिताले सन् १९९९ मा पहिलो इमोजीको डिजाइन गरेका थिए । शिगेताका कुरिताले जापानको सबैभन्दा ठूलो मोबाइल फोन निर्माता कम्पनी डोकोमोमा काम गर्दथे ।

इमोजीका रुपमा विभिन्न भावनाहरु बताउने अनुहारभन्दा पहिले मौसमको जानकारी दिने आइकन बनाइए, जस्तै छाता, बादल आदि ।

त्यसका अलावा कार, ट्रक, विमान, फोन, मोबाइल फोन, चन्द्रमा, सूर्य र कम्प्युटर आइकनवाला इमोजी पनि तयार गरियो । ती ससाना डटका रुपमा बनाइएको थियो । त्यसबेला जापानमा तीव्र रुपमा इमोजी प्रसिद्ध हुँदै गएको थियो ।

इमेल र मेसेजमा प्रयोग

त्यसपछि डोकोमोका प्रतिस्पर्धी कम्पनीहरुले सन् २००० को मध्यतिर ती इमोजीहरुलाई आफ्नो प्लाटफर्ममा सामेल गरे । सन् २००९ मा एप्पल कम्पनीका दुईजना इन्जिनियरहरुले ६ सय २५ वटा नयाँ इमोजी पात्रलाई युनिकोड स्टाण्डर्डमा ठाउँ दिने प्रस्ताव गरे ।

त्यसलाई सन् २०१० मा स्वीकार गरिएपछि इमोजीहरु सबै ठाउँका फोनसम्म प्रवेश गरे । सुरुमा प्रयोगकर्ताहरुले इमोजीलाई इमेल वा टेक्स्ट मेसेजमा कपी गरेर राख्नुपर्दथ्यो । पछि त्यो शैली पनि बदलियो ।

एप्पलले सन् २०११ मा आइओएसमा इमोजी किबोर्ड थप गर्‍यो । त्यसको दुईवर्ष पछि एन्ड्रोइडले पनि इमोजी ल्यायो । त्यसपछि आम मानिसले फोनमा सजिलैसँग इमोजीहरु प्रयोग गर्न पाए । अहिले युनिकोड कन्सोर्टियमले हरेक वर्ष नयाँ नयाँ इमोजी थप गर्दछ ।

सन् २०१५ मा इमोजीको छालाको रङ पनि परिवर्तन गर्ने अप्सन प्राप्त भयो । एक अध्ययन अनुसार अहिले अनलाइनमा रहेका ९२ प्रतिशत मानिसले इमोजीको प्रयोग गर्दछन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?