+
+

नालामाथिका संरचना हटाउन वीरगञ्जमा चल्यो डोजर

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते २१:३३

२ साउन, काठमाडौं । वीरगञ्ज महानगरपालिकाले मुख्य नालामाथि बनेको संरचनाहरुमा डोजर चलाएको छ । महानगरपालिका अनुसार आज मंगलबार क्लासिक होटलको संरचना मुख्य नालामाथि निर्माण हुँदा नाला सफाइमा अवरोध भएकाले संरचना हटाउन डोजर चलाएको हो ।

नालामाथि बनेको संरचना हटाउन पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेपछि महानगरले डोजर चलाउन परेको जनाएको छ । क्लासिक होटल अगाडि हरिखेतान क्याम्पसको संरचना हटाउन २५ असारमा महानगगरले डोजर चलाएको थियो ।

महानगरका प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकारका अनुसार क्याम्पसको केही संरचना अझै पनि बाँकी रहेकाले महानगरले मंगलबार पनि डोजर चलाएको छ ।
ताम्राकारका अनुसार क्लासिक होटलको सामुन्ने रहेको कर्पोरेट डेभलपमेन्ट बैंक रहेको भवन हटाउन पहिले नै सूचना दिएको भए पनि अझै सम्म नहटएकाले त्यसलाई पनि डोजर लगाएर हटाइनेछ ।

जिल्ला हुलाक कार्यालयदेखि मुख्य नाला सफाइ गर्दै आएको महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउँदै आएको छ । महानगरले यसअघि मुख्य नालामा पर्ने एकदर्जन संरचना हटाइसकिएको जनाएको छ ।

वीरगञ्जमा मुख्य सडकको नाला र श्रीपुर क्षेत्रबाट आउने अर्काे नाला जोडिएर बनेको मुख्य नाला जिल्ला प्रशासन कार्यालय पर्साको छेउ हुँदै दक्षिणतिर बगेको छ । गीता मन्दिरदेखि हरिखेतान क्याम्पस सम्मको क्षेत्रमा मुख्य नालाको दुबै तर्फ अतिक्रमण गरेर संरचना बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?