+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

चीनलाई उछिन्दै अमेरिका बन्यो कोरियाली संगीतको दोस्रो ठूलो बजार

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १३:५२

काठमाडौं । चीनलाई उछिन्दै संयुक्त राज्य अमेरिका विश्वकै दोस्रो ठूलो के-पप संगीतको बजार बनेको छ । मंगलबार सार्वजनिक गरिएको तथ्यांकमा सन् २०२३ को मध्यसम्म पूर्वी एसियाली मुलुक जापान के-पपको सबैभन्दा ठूलो बजार देखिएको छ ।

यो तथ्यांकअनुसार अमेरिकामा कोरियाली पप संगीतको बजार अझै बिस्तार हुँदै गएको देखिन्छ । वर्षको मध्यसम्म अमेरिकाका के-पप एल्बमको निर्यात अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

कोरिया भन्सार सेवाको मंगलबारसम्मको आयात निर्यात व्यापार तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि जुनसम्म एल्बम निर्यातको मात्रा १३२.९३४ मिलियन डलर (करिब १६८.५ अर्ब वन) रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.१ प्रतिशतले बढी हो ।

यो निर्यात वर्षको पहिलो आधामा अहिलेसम्मकै उच्च हो । वर्षको ६ महिनासम्म जापान ४८ करोड ५२ लाख ३ हजार डलर (लगभग ६१.५ अर्ब वन)सहित शीर्ष निर्यात गन्तव्य बनेको छ । त्यसपछि संयुक्त राज्य अमेरिकामा २५.५१९ मिलियन डलर (लगभग ३२.३ बिलियन वन) र चीनमा २२.६४ मिलियन डलर (लगभग २८.७ बिलियन वन) रहेको देखिन्छ ।

जर्मनी, ताइवान, हङकङ, नेदरल्याण्ड्स, क्यानडा, बेलायत र फ्रान्स पनि शीर्ष १० मा परेका छन् । उल्लेखनीय कुरा के छ भने विश्वको सबैभन्दा ठूलो संगीत बजार मानिने संयुक्त राज्य अमेरिकाले चीनलाई उछिन्दै संगीत निर्यातमा दोस्रो स्थानमा उक्लिएको छ ।

सन् २०१२ को वर्ष बाहेक सन् २०२० देखि अहिलेसम्म चीन जापानबीच के-पपको दोस्रो ठूलो निर्यात बजार बनेको थियो । यस वर्षको पहिलो आधामा कोरियाली पपस्टारहरुले पपको घर मानिने अमेरिकामा बीटीएसबिनै अधिकतम उपलब्धि हासिल गरिरहेका थिए ।

बीटीएसका गायक जिमिनले आफ्नो एकल एल्बम ‘लाइक क्रेजी’मार्फत अमेरिकी बिलबोर्डको सूचीमा सूचीकृत हुने पहिलो के-पप गायकको रुपमा इतिहास रचेका थिए । के-पपका एल्बमहरु ‘स्ट्रे किड्स’, ‘टुमरो एक्स’, ‘टुगेदर’ पनि अमेरिकी बिलबोर्डमा सूचीकृत छन् । बीटीएसका जिमिन र सुगा, सेभेन्टिन, अतिज र ट्वाइस सूचीको दोस्रो स्थानमा छन् ।

के-पपले त्यस्ता नतिजाहरू हासिल गरेपछि, अमेरिकी संगीत बजार विश्लेषण कम्पनी लुमिनेटले आफ्नो मध्यवर्षको रिपोर्टमा कोरियन भाषा अंग्रेजी र स्पेनिसपछि संयुक्त राज्य अमेरिकामा तेस्रो सबैभन्दा धेरै स्ट्रिम गरिएको भाषा बनेको बताएको छ ।

कोरिया संगीत सामग्री संघका महासचिव चोई क्वाङ–होले भन्छन्, ‘उत्तरी अमेरिकी बजारमा बीटीएस र ब्ल्याकपिङ्कले प्रतिनिधित्व गरेको के-पप अब एक विधाको रूपमा स्थापित भएको छ ।’ सन् २०१७ मा बीटीएसले पहिलोपटक यूएस बिलबोर्ड म्युजिक अवार्ड्समा अवार्ड जितेपछि आफूलाई स्थापित गर्न धेरै वर्ष लागेको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?