+
+

प्रेस युनियन गुल्मीमा दुई वटा कार्यसमिति

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते १३:४७

५ साउन गुल्मी । नेपाल प्रेस युनियन गुल्मीको नवौं जिल्ला अधिवेशनमा विवाद चरम उत्कर्षमा पुगेको छ । प्रेस युनियन गुल्मीको दुई वटा कार्यसमिति सार्वजनिक भएको छ ।

एउटा कार्य समिति रेशम कुँवरको अध्यक्षतामा र अर्को सुमन महतराको अध्यक्षतामा  कार्य समिति सार्वजनिक सार्वजनिक गरिएको छ । कुँवरलाई प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालसहितको टोलीले अध्यक्ष बनाएको थियो ।

युनियनका ३८ जना सदस्यले अधिवेशन बहिष्कार गरेर छुट्टै कार्यसमिति बनाएका हुन्  ।

विधि विधान बाहिर गएर मनोनयन र छलफल नगरेर निर्वाचन समितिलाई समेत लत्याएर केन्द्रीय अध्यक्ष लम्सालको ठाडो हस्तक्षेप आफूहरुलाई मान्य नहुने अध्यक्ष पदका उमेद्वार प्रकाश घिमिरेले बताए ।

५९ जना सदस्य मध्ये ३८ जना बहुमत सदस्यको बिहान बसेको बैठकले सुमन महतरा अध्यक्ष रहेको १८ सदस्यीय नयाँ नेतृत्व गठन गरेको छ ।

उनीहरुले एकलौटी टाँसिएका १९ जना मध्ये १६ जना असन्तुष्ट रहेकाले आउने अर्को अधिवेशनसम्मको लागि कार्यसमिति शून्य हुन नदिन समिति गठन गरिएको सुमन महताराले बताए ।

उनीहरुले निर्वाचन समितिमार्फत केन्द्रमा निर्णय सच्याएर पुन अधिवेशनको माग गरेका छन् । पुन: निर्वाचन प्रक्रिया अगाडि नबढाएर विद्रोह गर्ने गर्ने चेतावनी दिएका छन् ।

केन्द्रीय प्रतिनिधि प्रेम नारायण आचार्यले जारी गरेको निर्वाचितको विवरण अनुसार १९ जनाको कार्यसमिति मध्ये अध्यक्ष रेशम कुँज।, उपाध्यक्ष रमेश विश्वकर्मा र सदस्य मनु सुनार बाहेक उपाध्यक्ष दिपक नेपाली, सचिव सुमन महतरा, सहसचिव सन्तोष महतरा र चन्द्रकला राना, कोषाध्यक्ष नविक कार्कीसहितका १६ जनाले असहमति राखेका थिए ।

नेपाल प्रेस युनियनका केन्द्रीय प्रतिनिधि  आचार्यले केन्द्रीय अध्यक्षकै उपस्थितिमा भएको निर्णय सच्चिने सम्भावना कम रहेको प्रतिक्रिया बताए । कुँवर यसअघिको कार्यसमितिमा  पनि अध्यक्ष थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?