+
+

बलबहादुर केसीको निचोड : बैठकले सभापति र महामन्त्रीको द्वन्द्व बढाउने काम गर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते १७:०९

५ साउन, काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकले सभापति र महामन्त्रीको द्वन्द्व बढाउने काम गरेको केन्द्रीय सदस्य बलबहादुर केसी बताएका छन् ।

निर्वाचित सभापति र महामन्त्रीलाई छुट्टाछुट्टै क्याम्पमा राखेर विचार बैठकमा प्रस्तुत भएको उनले बताए ।

‘सभापति र महामन्त्रीको द्वन्द्व बढाउने गरि जुन रुपमा यहाँ प्रस्तुत गरियो,’ नेता केसीले भने,‘महामन्त्री एउटा क्याम्पमा सभापति एउटा क्याम्पमा जस्तो गरि बहस गरिहरेका छौं । यो कार्यसमितिको एजेण्डा यही हो । यो बैठकको सन्देश राम्रो गएको छैन ।’

केसीले कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनबाट प्रधानमन्त्री हुने समय कांग्रेसकै राष्ट्रपति हुने/नहुने बारे आशंका व्यक्त गरे ।

‘भोलि राष्ट्रपति र प्रधानमन्त्री एउटै दलको हुने गरी परिस्थिति बन्छ ? त्यो अवस्थामा अहिले देखि कांग्रेसले सोच्ने कि नसोच्ने?’ केसीले भने ।

पार्टीमा विचार, संगठन र नेतृत्व अहिले अत्यन्तै कमजोर रहेको केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?