+
+

माछापुच्छ्रे बैंकले सुरु गर्‍यो क्यूआरमा ‘भ्वाइस बक्स’ प्रविधि

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते १९:१४

काठमाडौं । डिजिटल बैंकिङमा आक्रमक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक क्यूआर प्रणालीमा भ्वाइस बक्स (इन्स्टेन्ट पेमेन्ट नोटिफिकेसन) प्रविधिको सुरुवात गरेको छ ।

नेपाल राष्ट्र बैंक बैंकिङ विभाग लगायत यस बैंकका अन्य केही स्थानहरुबाट उक्त सेवा शुभारम्भ गरिएको बैंकले जनाएको छ ।

यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ ।

५ साउनदेखि क्यूआरमा भ्वाइस बक्स जडान गरी माछापुच्छ्रे बैंकले यो नवीनतम प्रविधिको सुरुवात गरेको हो । अब माछापुच्छ्रे बैंकका क्यूआर मर्चेन्टहरुले क्यूआर मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएस सँगसँगै ध्वनीमार्फत हुने जानकारी गराउँदछौं । जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरु माझ क्यूआर प्रति लोकप्रियता एवम् विश्वसनीयता अझ बढ्ने अपेक्षा बैंकले गरेको छ । साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने विश्वास बैंकको छ ।

यस सुविधाबाट साना तथा मझौला क्यूआर मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने बैंकले बताएको छ । यसको प्रयोगले ग्राहक र मर्चेन्ट बीच देखिएका केही भुक्तानी सम्बन्धी विवाद निराकरण हुने विश्वास बैंको छ ।

हाल उक्त सेवा नेपाल पे क्यूआरका मर्चेन्टहरुमा उपलब्ध रहेको र छिटै अन्य नेटवर्कमा पनि जडान गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?