+
+

पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते ११:३९

७ साउनऽ पाल्पा । पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नं ३ झिरवास देउरालीका ४२ वर्षीय गोवीन्द बम्रेल रहेको प्रहरीले जनाएको छ ।

बम्रेलको शनिबार बेलुका आफ्नै घर नजिकको खेतमा मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लागर घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

मृत्युको घटनापछि इलाका प्रहरी कार्यालय मुझुङ्ग र जिल्ला प्रहरी कार्यालय पाल्पाको अनुसन्धान अधिकृतसहितको टोलीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पाल्पा प्रहरीका सूचना अधिकारी भुपेन्द्र थापाका अनुसार शव पोष्टमार्टमका लागि पाल्पा अस्पतालमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?