+
+

‘जारी’को १०० दिनमा कलाकारले साटे खुसी, सिक्वेल बनाउनेबारे के भन्छन् निर्देशक ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १२:२१

काठमाडौं । तपाईंले ‘जारी’ हेर्नुभएको छ भने अन्तिममा फिल्म ‘ओपन इन्डिङ’ छ । यसको अर्थ कथावस्तु र पात्रको जीवनले त्यसपछि पनि निरन्तरता पाउनेछ । निर्माताले ‘जारी’को दोस्रो श्रृंखला बनाउने संकेत गरेका छन् । कहिले बन्छ बन्ने टुंगो चाहिं छैन ।

यस्तोमा उपेन्द्र सुब्बा निर्देशित र रामबाबु गुरुङले निर्माण गरेको फिल्मले घरेलु बक्स अफिसमा १०० दिन पूरा गरेको छ र कमाइ १७ करोड रुपैयाँभन्दा माथि छ । १०० दिन पूरा गरेको अवसरमा शनिबार फिल्म टोलीले १०० दिनसम्म चलिरहेका क्यूएफएक्स, बिग मुभिज र एफक्युब हलमा पुगेर केक काट्यो र दर्शकलाई धन्यवाद दियो ।

१०० दिन पुगेको खुसीयालीमा शनिबार बेलुका गैरीधाराको एक रेस्टुरेन्टमा केक काटियो, जहाँ फिल्म युनिटसहित फिल्मकर्मी र सञ्चारकर्मी उपस्थित रहे । वितरक र प्रदर्शकलाई सम्मान समेत गरियो । निर्देशक उपेन्द्र सुब्बाले ‘जारी २’ बन्ने संकेत गरे पनि तत्कालै त्यो सम्भावना नरहेको बताए ।

‘जारी’का निर्देशक उपेन्द्र सुब्बा

उनले नयाँ स्क्रिप्टमा काम भइरहेको बताए । अभिनेता दयाहाङ राईले जारी १०० दिनमा चलिरहँदा आफूलाई रिलिजको पहिलो दिन जस्तो लागिरहेको बताए । ‘हामी दर्शकप्रति ऋणी छौं’ क्यूएफएक्सको सिभिल हलमा दर्शकमाझ राईले भने, ‘यो मायाका लागि धन्यवाद ।’ अभिनेत्री मिरुना मगर र अभिनेता कमलमणि नेपालले पनि दर्शकको मायाप्रति आभार व्यक्त गरे ।

‘जारी’ निर्माण कम्पनी बाँसुरी र कबड्डी फिल्म्स यस वर्ष ‘राजागञ्ज : स्काइ इज माइन’ र ‘म हुँ डिग्री माइला’को निर्माणमा व्यस्त छ । अर्को वर्ष ‘कबड्डी ५’ निर्माणको तयारी छ । यस्तोमा ‘जारी’को दोस्रो श्रृंखला निर्माण तत्काल बन्ने योजना देखिंदैन । यद्यपि निर्माताले ‘ओपन इन्डिङ’मार्फत दोस्रो श्रृंखला बन्ने बाटो खुला राखेका छन् ।

लिम्बू समुदायको कथावस्तुमा आधारित ‘जारी’ वैशाख १ गतेदेखि प्रदर्शनमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?