काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई नेसनल बेस्ट प्रिजेन्टेड अवार्ड अन्तर्गत सन् २०२२ का लागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” प्रदान गरिएको छ ।
एनसीएचएलले आर्थिक वर्ष २०७८/७९ का लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा इन्स्टिच्युट अफ क्यारेक्टर अकाउन्ट अफ नेपाल (आईक्यान) द्वारा सञ्चालन गरिएको वार्षिक कार्यक्रममा सो पुरष्कार प्रदान गरिएको हो ।
अघिल्ला वर्षहरुमा पनि एनसीएचएलले आईक्यान तथा साउथ एसिया फेड्रेसन अफ अकाउन्टबाट विभिन्न पुरष्कार तथा सम्मानहरु प्राप्त गरिसकेको बैंकले जनाएको छ ।
सन् २०१८ मा सोही अवार्डको सार्वजनिक क्षेत्रको विधा अन्तर्गत एनसीएचएलले दोश्रो स्थानको पुरष्कार प्राप्त गर्नुका साथै सार्क क्षेत्रमा ‘साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’अन्तर्गत सार्वजनिक क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट”पनि प्राप्त गरेको थियो ।
यसैगरी सन् २०१९ मा एनसीएचएललाई आईक्यानको बीपीए अन्तर्गत सोही विधामा पहिलो स्थानको पुरस्कार र साफाद्वारा तेश्रो स्थानको पुरस्कारले सम्मानित गरिएको थियो ।
एनसीएचएलले हरेक वर्ष पारदर्शी रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तीय डिस्क्लोजरतर्फको प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ ।
प्रतिक्रिया 4