+
+

महिला विश्वकप फुटबलमा स्वीडेनको पुनरागमन जित

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १४:१९

७ असार, काठमाडौं । अमान्डा इलेस्टेडले अन्तिम मिनेटमा गोल गरेपछि स्वीडेनले महिला विश्वकप फुटबलमा आइतबार दक्षिण अफ्रिकामाथि पुनरागमन जित हात पारेको छ ।

एक गोलले पछि परेको स्थिति उल्टाउँदै स्वीडेनले दक्षिण अफ्रिकालाई २-१ ले हरायो ।

२०२२ को अफ्रिकन कफ अफ नेसन्सनको विजेता दक्षिण अफ्रिका विश्वकपमा पहिलो अंक नजिक पुगेको थियो । तर स्वीडेनले अन्तिम समयमा गोल गर्दा अफ्रिका पराजित भयो ।

यसअघि २०१९ मा पहिलो सहभागितामा दक्षिण अफ्रिकाले सबै तीन खेल हारेको थियो ।

न्युजिल्याण्डको वेलिङ्टन रिजनल स्टेडियममा भएको खेलमा हिल्डाह मागाइयाले ४८औं मिनेटमा गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिलाएका थिए ।

तर ६५औं मिनेटमा फ्रिदा रोल्फोले स्वीडेनका लागि बराबरी गोल फर्काए ।

बराबरीतर्फ अघि बढिरहेको खेलको ९०औं मिनेटमा अमान्डाले गोल गरेपछि स्वीडेनले २-१ ले खेल जित्दै समुह जीमा ३ अंक जोडेको छ । यस समूहमा रहेका अर्जेन्टिना र इटलीबीच सोमबार खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?