+
+

विदेशी लगानी र ऋण व्यवस्थापन विनियमावली संशोधन गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १४:४०

७ असार, काठमाडौं । मुलुकमा विदेशी लगानी अभिवृद्धि गर्न नेपाल राष्ट्र बैंकले थप कानुनी सहजीकरण गर्ने भएको छ । आइतबार घोषणा गरिएको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको छ ।

नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीमा आवश्यक संशोधन गरिने मौद्रिक नीतिमा भनिएको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट वत्तव्यमा उल्लेख भए बमोजिम विदेशी लगानीसम्बन्धी प्रक्रियालाई सरलीकरण र सहजीकरण गर्न यस्तो संशोधन गर्न लागिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?