+
+

माछापुच्छ्रे बैंक सर्टिफिकेट अफ मेरिट अवार्डबाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १९:५५

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष प्रदान गर्ने नेसनल बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट (बीपीए) अवार्ड–२०२२ बाट सम्मानित भएको छ ।

माछापुच्छ्रे बैंकले बैंकिङ क्षेत्र तर्फको सर्टिफिकेट अफ मेरिट अवार्ड प्राप्त गरेको जनाएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकले तयार गरेको आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनमा समावेश गरिएका वित्तीय विवरणको प्रस्तुति र स्वीकृति, पारदर्शीता, विषयवस्तु, सुशासन लगायतका कुराहरुलाई मध्यनजर गर्दै उक्त अवार्ड प्रदान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?