+
+

बैतडीमा पहिरोमा घर पुरिँदा आमा–छोराको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते ९:३७

८ साउन, बैतडी । बैतडीमा पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु भएको छ । पुर्चाैडी नगरपालिका–२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिए ।

मृतक अञ्जुका सासुआमा ४५ वर्षीया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते छन् । सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएकी छन् । मृतक अञ्जुका श्रीमान भने रोजगारीको सिलसिलामा भारतमा छन् ।

स्थानीयका अनुसार घरमा पूर्ण क्षति पुगेको छ । करिब एक दर्जन चौपाया समेत मरेका वडा सदस्य कृष्ण बोहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?