+
+

भन्सारमा चोरी पैठारी बढ्दा राजस्व घट्यो : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते १४:०२

८ साउन, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारमा चोरी पैठारी बढ्दा राजस्व कम उठेको बताएका छन् । सोमबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै अर्थमन्त्रीले यस्तो बताएका हुन् ।

‘गत वर्ष सामान कम आयात भएर राजस्व कम उठ्यो । चोरी पैठारी बढ्यो । सामान समानन्तर किसिमबाट प्रवेश गरेको छ भन्ने कुरा आएको छ,’ उनले भने, ‘सुरक्षा निकायको समन्वयमा यो प्रवृत्ति अन्त्य गर्नुपर्छ । केन्द्रमा पनि गृह र अर्थ मन्त्रालयको समन्वय हुन्छ, जिल्ला तहमा पनि त्यो समन्वय हुनुपर्छ ।’

उनले भन्सार कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिए । अहिले राजस्व कम उठ्नुका धेरै कारण रहेको भन्दै उनले केही समयअघि आयात रोकिएको उल्लेख गरे । यसले भन्सार राजस्व कम उठेको उनको भनाइ छ । आन्तरिक आर्थिक गतिविधिमा कमी भएपछि राजस्व कम उठेको र नाका तथा नाकाबाहिरबाट चोरी पैठारी हुँदा पनि राजस्व घटेको बताए ।

दुरुपयोग या गैरकानुनी तरिकाबाट नाका र नाकाबाहिरबाट हुने प्रवेशलाई सरकारले गम्भिरताका साथ लिएको उनले बताए । उनले भैरहवा भन्सारमा आधुनिक मेसिनको आवश्यकता रहेको समेत बताए ।

‘संयन्त्रमा जे कुराको आवश्यकता छ, आधुनिक मेसिनको आवश्यकता छ, अरु सहयोगी संरचना नभएर काममा बाधा परेको छ भने त्यो बाधा फुकाउन मन्त्रालय तयार छ । आवश्यकता सामग्रीको फेहरिस्ता दिनुस् हामी पूरा गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?