+
+

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ९ गते ११:२४

९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । उनले आज अपराह्न चार बजे आफ्नै निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएका हुन् ।

केन्द्रीय समिति बैठकका निर्णयको तयारी गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि काठमाडौंमा जारी छ । विभिन्न निर्णय गर्दै भोलि बैठक समापन गर्ने तयारी छ । निर्णयको तयारीका लागि आज एक दिन केन्द्रीय समिति बैठक रोकिएको छ ।

एक वर्षपछि बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?