+
+

सुरक्षा पन्त र उषा रजक स्टारर ‘जुलेबी’को टिजर : अव्यक्त प्रेमका तीन कथा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ९ गते १६:२९

काठमाडौं । भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जुलेबी’को टिजर सार्वजनिक भएको छ । टिजरले पात्रबीचको अव्यक्त मानसिक र शारीरिक चाहना र संवेगलाई चित्रण गरेको छ ।

अलग कथा र घटनाको क्रमलाई जोडेर बनाइने फिल्मको शैली एन्थोलोजी जनरामा बनाइएको यो फिल्ममा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की र तुफान थापाको शीर्ष भूमिका छ ।

टिजरमा तीन कथालाई बुनिएको छ । पहिलो भागमा ‘इच्छाका छायाहरु’, दोस्रोमा ‘वर्णन गर्न नसकिने जोश’ र तेस्रोमा ‘प्रेमको अमूर्तता’ खण्ड छन् । यी तीन कथावस्तुलाई बुनेर समग्र फिल्मको रुप दिइएको छ ।

गणेशदेव पाण्डेले निर्देशन गरेको फिल्मलाई आभा शर्माले निर्माण गरेकी हुन् । विवेक खड्काको छायांकन र अञ्जय खड्काको सम्पादन रहेको फिल्मलाई विदेशमा समेत प्रदर्शनको तयारी छ । नेपालमा भने यो फिल्मलाई डीसीएन र रिच इन्टरटेन्टमेन्टले वितरण गर्नेछन् । डिजिटल राइट्स डीएआर मुभिजले खरिद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?