+
+

श्रमिकलाई अनिवार्य गरिएको पोशाकको नियम यातायात व्यवसायी महासंघले नमान्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ९ गते १७:०९

९ साउन, काठमाडौं । यातायात व्यवसायी महासंघले यातायात श्रमिकलाई अनिवार्य गरिएको पोशाकको नियम नमान्ने घोषणा गरेका छन् । सरकारले मापदण्ड नबनाई यस्तो व्यवस्था लागू गरेको महासंघको दाबी छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाल यातायाता व्यवसायी राष्ट्रिय महासंघले यस्तो व्यवस्था सच्याउन र तत्काल देशभर एकै प्रकारको मापदण्ड तयार गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

सोमबार भौतिक पूर्वाधार तथा यातायाता व्यवस्था मन्त्री प्रकाश ज्वालाले यातायात श्रमिकलाई अनिवार्य पोशाक र परिचय पत्र कार्यक्रमको सुरुवात गरेका थिए ।

महासंघले मन्त्रीले सुरुवात गरेको पोशाक र परिचय पत्र केही निजी कम्पनीको स्वार्थ अनुकूलको भएको बताएको छ ।

देशभर रहेका ३ लाख ८० हजार यात्रु तथा मालबाहक सवारीमा झण्डै ११ लाख बढी श्रमिक आश्रित रहेको भन्दै महासंघले श्रमिक, व्यवसायी र सरकार बीचको त्रिपक्षीय छलफल पछि मात्रै यस्तो व्यवस्ता कार्यान्वयन गर्न माग गरेको छ ।

हेर्नुहोस् विज्ञप्तिः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?