+
+

धनगढीमा अवैध क्लिनिक सञ्चालन गर्ने २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते ९:१८

१० साउन, धनगढी । सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीमा अनुमति विना अवैध रुपमा क्लिनिक सञ्चालन गर्ने दुई जनालाई पक्राउ गरिएको छ ।

मंगलबार स्वास्थ्य कार्यालय कैलालीसँगको समन्वयमा धनगढी उपमहानगरपालिका-३ को बोराडाँडी र ७ को देवहरियामा अनुमतिविना सञ्चालन गरिएका दुई वटा क्लिनिकका सञ्चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बोराडाँडीमा रहेको अर्जुन क्लिनिकका सञ्चालक ४५ वर्षीय अर्जुन कुँवर र देवहरियाको अभिनव हेल्थ क्लिनिककी सञ्चालक २१ वर्षीया कमला बोहरालाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरुले क्लिनिक सञ्चालनको अनुमति नलिएर क्लिनिक चलाइरहेको पाइएपछि पक्राउ गरिएको डीएसपी चन्दले बताए । दुवै जनाविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?