+
+

राप्तीको भँगालोमा फसेका २६ जनाको सकुशल उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते १४:५२

१० साउन, काठमाडौं। बाँकेको नरैनापुर गाउँपालिका-५ भगवानपुरघाटस्थित राप्ती नदीको भँगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरी बलले साउन ९ गते बेलुका उद्धार गरेको छ ।

नरैनापुर गाउँपालिकाकै मटैहिया, नवाजीगाउँ, जमुनी र गंगापुरका स्थानीय बासिन्दाहरु भारतको जमुनाह बजारबाट नेपाल फर्कने क्रममा एक्कासी नदीको बहाव बढेपछि भँगालोमा फसेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँके र बीओपी गंगापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको टोली आवश्यक उद्धार सामग्री सहित तत्कालै उक्त स्थानमा खटिई उनीहरुको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?