+
+

भालुवाङको सडकबाट पाँच जनाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते ७:३०

१२ साउन, दाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङको सडकमा रात बिताउँदै आएका ५ जनालाई उद्धार गरेर निलसागर सेवा आश्रमको जिम्मा लगाइएको छ ।

केही दिन अघिदेखि सडकमै खाने–बस्ने गरेका २ पुरुष र तीन महिलालाई बिहीबार दिउँसो राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टसहितको टोलीले उद्धार गरेर निलसागर सेवा आश्रमको जिम्मा लगाइएको हो ।

उद्धार गरिएकामध्ये २ जनालाई आश्रमको शाखा कार्यालय राप्ती गाउँपालिका वडानम्बर ८ पिपरीमा राखिएको छ । तीन जना भने बिरामी समेत रहेकाले उपचारमा सहज होस् भनेर आश्रमको केन्द्रीय कार्यालय नेपालगन्ज पठाइएको छ ।

उद्धार टोलीमा राप्ती गाउँपालिकाका अध्यक्ष विष्ट सहित निलसागर सेवा आश्रम शाखा कार्यालय पिपरीका कार्यवाहक अध्यक्ष गरिबु चौधरी, वडा नम्बर दुईका वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता पहलवान चौधरी, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्ज्वल बहादुर सिंह, समाजसेवी तपराज आचार्य, माधव खनाल लगायत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?