+
+

सप्तरीमा एक युवकको हत्या, एक घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते ९:३२

१२ साउन, जनकपुरधाम । सप्तरीमा एक युवकको हत्या भएको छ । अर्का एक युवक घाइते छन् ।

तिलाठी कोइलाडी गाउँपालिका ७ मनसापुर गाउँ नजिक हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वाका २१ वर्षीय तिर्कनारायण मण्डलको शव हिलोमा फेला परेको र अजय मण्डल नामका अर्का युवक घाइते अवस्थामा फेला परेको सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।

‘घटनास्थलको प्रकृति हेर्दा युवकको हत्या नै भएको देखिन्छ । अर्का युवक घाइते छन् । घटना कति बेलाको हो त्यो खुल्न सकेको छैन,’ प्रवक्ता सिंहले भने ।

उनका अनुसार स्थानीयले आज बिहान ६ बजेतिर शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे अनुसन्धान गरिरहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?