+
+

प्रोभिजनिङ बढ्दा पनि बढ्यो सिटिजन्स बैंकको नाफा

ब्याज नउठ्दा लाभांशमा दाबाब पर्न सक्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १३:१७

१२ असार, काठमाडौं । निष्क्रिय कर्जा बढेर सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजनिङ रकम बढ्दा पनि सिटिजन्स बैंकको नाफा बढेको छ । खुद ब्याज आम्दानीमा भएको वृद्धिले बैंकको नाफामा बढोत्तरी भएको हो ।

शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकले २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा १०.४१ प्रतिशले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ५६ लाख ११ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

बैंकको आम्दानीको स्रोत खुद ब्याज आम्दानी १७.३० प्रतिशतले वृद्धि भएर ५ अर्ब ८५ करोड ७२ लाख ७५ हजार रुपैयाँ पुगेको छ । यस्तै बैंकको कुल सञ्चालन आम्दानी १०.७९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९३ करोड ९८ लाख ३९ हजार पुगेको छ । बैंकको आम्दानीमा वृद्धि भए पनि सम्भावित कर्जा नोक्सानी बापतको व्यवस्थाका लागि ७३ करोड ३ लाख ४ हजार रुपैयाँ छुट्याएको छ । अघिल्लो आर्थिक वर्षमा ५५ करोड २५ लाख २० हजार छुट्याएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा १३.४३ प्रतिशतले बढाएर गत आर्थिक वर्षम बैंकले ३ अर्ब ७ करोड २७ लाख १ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको हो । बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ७० करोड ९२ लाख ५३ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षमा चुक्ता पूँजी नबढाएकाले १४ अर्ब २० करोड ९ लाख ७४ हजार रहेको बैंकको जगेडा कोष २४.५१ प्रतिशतले वृद्धि भएर ६ अर्ब ७ करोड ४७ लाख ९६ हजार पुगेको छ । यस्तै, सञ्चित नाफा २१.९८ प्रतिशतले घटेर १ अर्ब ३ करोड ७२ लाख ७७ हजारमा झरेको छ ।

गत आर्थिक वर्षमा बैंकले आर्जन गरेको मुनाफाबाट साधारण जगेडा कोषमा ४४ करोड २८ लाख ८५ हजार छुट्याएको छ । यस्तै ऋणपत्रको क्यापिटल रिडम्सन रिजर्भका लागि २७ करोड ७७ लाख ७८ हजार छुट्याएको छ । रेगुलेटरी रिजर्भमा उठ्न नसकेको ब्याज ३३ करोड ८८ लाख ५६ हजार छ । संस्थागत सामाजिक उत्तरदायित्व कोषलगायत अन्य रेगुलेटरी व्यवस्था पनि बैंकको वितरणयोग्य नाफा भने ९८ करोड ६० लाख ७४ हजार रुपैयाँ रहेको छ ।

बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी १४ रुपैयाा १२ पैसाबाट बढेर १५ रुपैयाँ ५९ पैसा पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ८ पैसा र मूल्य आम्दानी अनुपात ११.१० गुणा रहेको छ ।
असार मसान्तमा बैंकको निष्क्रिय कर्जा अघिल्लो वर्षको २.२२ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत पुगेको छ । यस्तै पूँजीकोष अनुपात १२.६९ प्रतिशतबाट १२.३२ प्रतिशतमा झरेको छ । यस्तै, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५.२० प्रतिशतबाट ८२.४० प्रतिशतमा झरेको छ । असार मसान्तमा बैंकको आधार दर १०.५१ प्रतिशत र स्प्रेड दर ४ प्रतिशत छ । अघिल्लो आवको अन्तिममा बैंकको आधार दर १०.०९ प्रतिशत र स्प्रेड दर ४.२५ प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?