+
+

राप्रपाको केन्द्रीय कार्यालय हटाउन महानगरको माइकिङ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १४:५८

१२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय ३ दिनभित्र हटाउन माइकिङ गरेको छ ।

काठमाडौंको धुम्बाराहीस्थित राप्रपाको कार्यालय विद्युत प्रसारणलाइनको मुनि रहेको भन्दै आइतबारसम्म हटाउन महानगरले माइकिङ गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

‘राप्रपाको कार्यालय आइतबारसम्म हटाउनुपर्ने भनेका छौं, निर्णय अटेर गरेमा महानगरपालिकाले आफैं भत्काउनेछ,’ अनलाइनखबरसँग पाण्डेले भने । महानगरपालिकाले १३ असोज २०७९ मा पनि कार्यालय हटाउनुपर्ने भन्दै सूचना टाँस गरेको थियो ।

‘अघिल्लो वर्ष हटाउने निर्णय प्रक्रियामा रहेकोले सूचना टाँसेर माइकिङ गरेका थियौं, यो पटक भने निर्णय नै भइसकेको छ,’ पाण्डेले भने ।

राप्रपा स्रोतका अनुसार दिलविकास राजभण्डारीले पार्टी कार्यालय बनाएर तत्कालीन राप्रपा नेपाललाई दिएका थिए ।

उनले पत्नी शशीकला राजभण्डारीको स्मृतिमा बनाएको भवन १२ आना जग्गामा ६ हजार ५ सय वर्ग फिटमा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?