+
+

पोखरा महानगरले तोक्यो मलको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १८:३५

१२ साउन,  पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि मलको मूल्य तोकेको छ । महानगरको मल वितरण व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले सरकारी अनुदानमा प्राप्त हुने मलको मूल्य निर्धारण गरेको हो ।

युरिया मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकिलो १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म, डीएपी मलको मूल्य प्रतिकिलो ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म तोकिएको समितिले जनाएको छ ।

पोखा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाका अनुसार मल बिक्रेताले मलबाहेक उपभोक्ताले प्लास्टिकको मूल्य थप बुझाउनुपर्नेछ । ‘मल किन्ने उपभोक्ताले आफैं झोला लिएर नआएमा मल बिक्रेताले प्लास्टिकको मूल्य बढीमा प्रतिकिलो २ रुपैयाँसम्म लिन पाउनेछन्,’ उनले भने ।

महानगरका अनुसार अघिल्लो आर्थिक वर्षमा पोखरामा युरिया, डीएपी र पोटास गरेर १ हजार ९७७ टन मल खपत भएको थियो । जसमध्ये युरिया १ हजार २२१.७५ टन, डीएपी ६६३.८५ टन, पोटास ३९.९५ टन र कृषि चुन २.१ टन खपत भएको कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिए ।

मल वितरण व्यवस्थापन समिति संयोजकसमेत रहेकी उपप्रमुख मञ्जुदेवी गुरुङले हाल पोखराका २६ वटा वडाका ६७ वटा केन्द्रबाट मल बिक्रीवितरण भइरहेको जानकारी दिइन् । उनले महानगरमा सूचिकृत सबै मल वितरण केन्द्रबाट तोकिएकै मूल्यमा मल बिक्रीवितरण भएनभएको अनुगमन गरिनेसमेत जानकारी दिइन् ।

‘महानगरमा सुचिकृत विक्रेतालाई मलको कोटा निर्धारण गरिएको छ किसानलाई तोकिएकै मूल्यमा सहज रुपमा मल उपलब्ध हुनुपर्छ,’ गुरुङले भनिन्, ‘अघिल्ला वर्षहरुमा पनि हामी नियमित अनुगमन गर्थ्यौ , यो वर्ष पनि त्यसलाई निरन्तरता दिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?