+
+

राष्ट्रसंघको ठहर : जुलाई इतिहासकै गर्मी महिना

एजेन्सी एजेन्सी
२०८० साउन १३ गते ११:३४

वैज्ञानिक अध्ययनलाई आधार मान्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेर्रेसले यो जुलाई महिना विश्व इतिहासकै सबैभन्दा गर्मी महिना भएको घोषणा गरेका छन् ।

वास्तवमा जुलाईले विश्वको औसत तापक्रमका सम्पूर्ण रेकर्ड तोडेको छ ।

संयुक्त राष्ट्रसंघ अन्तरगतको विश्व मौसम संगठन तथा युरोपेली युनियन कपरनिकसन क्लाइमेट चेन्जले एक संयक्त विज्ञप्ति जारी गर्दै जुलाई महिना इतिहासकै गर्मी महिना भएको पुष्टि गरेका छन् ।

राष्ट्रसंघ महासचिव गुटेर्रेसले जलवायु परिवर्तनले भयानक रुप लिइरहेको भन्दै यो त्रासदीपूर्ण रहेको चेतावनी दिएका छन् ।

उच्चतम तापक्रमको यो अवस्था केवल खतरनाक सुरुआत मात्र रहेको भन्दै उनले मानवजाति विश्वव्यापी उम्ल्याइतर्फ अगाडि बढिरहेको बताएका छन् ।

यो जुलाईमा गर्मीको असर पूरै दुनियाभर देखिएको छ । चाहे ग्रिक टापु रोड्स होस् वा अमेरिकाको दक्षिण पश्चिम इलाका होस् । चीनको एक गाउँमा त तापमान ५२.६ डिग्री सेल्सियस पुगेको छ ।

जर्मनीको लाइपिग विश्वविद्यालयले बुधबार एक तथ्यांक सार्वजनिक गरेको छ । त्यसले पनि जुलाई महिना यो पटक विश्वमै सबैभन्दा गर्मी महिना रहेको उल्लेख गरेको छ । यो जुलाई महिनाले अन्त्यसम्ममा सबै खालका तापमानका रेकर्ड तोड्ने छ ।

जुलाईमा विश्वको तापमान सन् २०१९ को जुलाईको तुलनामा औसतमा ०.२ डिग्री सेल्सियस बढी रहेको छ । यसअघि यतिधेरै गर्मी १७४ वर्षअघि थियो । यो पटकको जुलाईको विश्वको औसत तापक्रम औद्योगिक क्रान्तिपूर्वको तापक्रमभन्दा १.५ डिग्री सेल्सियस बढी रहेको बताइएको छ ।

अमेरिकाको पेन्सिल्भेनिया विश्वविद्यालयका जलवायु वैज्ञानिक माइकल मानका अनुसार विश्वमा जिवाश्म इन्धनको दहन हुँदासम्म पृथ्वी यहीँ प्रकारले तातो हुँदै जानेछ ।

एजेन्सी

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?