+
+

दाङमा ट्रक दुर्घटना हुँदा दुई किशोरी घाइते 

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १३ गते १४:४३

१३ साउन, दाङ । दाङमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

लमही- घोराही सडक खण्डको चौपट्टा नजिक शनिवार दिउँसो १२ बजेतिर ना ४ ख ८४८७ नम्बरको  ट्रक दुर्घटना हुँदा ट्रकमा सवार दुई यात्रु घाइते भएका हुन् ।

घाइते हुनेहरूमा लमही नगरपालिका- २ बस्ने बर्ष १८ कि रबिना चौधरी र सोही ठाउँकी १६ वर्षकी करुणा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराहीतर्फ आउदै गरेको ट्रकको  घोराही उपमहानगरपालिका-३ भैंसी बगाउने खोला नजिक उकालोमा टायर पन्चर भएको थियो । टायर पन्चर भएको थाहा पाएर रोक्ने क्रममा ब्रेक फेल हुदा ट्रक सडकबाट खोलामा खसेको प्रहरीको भनाइ छ ।

त्यस क्रममा ट्रकका चालक र सहचालक हामफालेका थिए भने ट्रकमा सवार किशोरीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?