+
+

जब कन्सर्टमा र्‍यापर कार्डी बीले दर्शकलाई माइकले प्रहार गरिन्

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते १६:०५

काठमाडौं । अमेरिकन र्‍यापर कार्डी बीलाई कसले जान्दैन होला ? पछिल्लो समय इन्टरनेटमा उनको तहल्का कायमै छ । र्‍याप संगीतलाई पछ्याउने नेपाली प्रशंसकमाझ पनि कार्डी चर्चित छन् ।

उनको गीत र कन्सर्ट सधैं चर्चामा हुने गर्छन् । उनको कन्सर्टमा ठूलो भीड आउँछ । अमेरिकामा मात्रै होइन, विश्वभर उनलाई फ्यानको कमी छैन । तर यही बीचमा उनका एक फ्यानले यस्तो काम गरे कि उनी पनि रिसाइन् । लाइभ कन्सर्टमा एक प्रशंसकले कार्डी बीमाथि दुर्व्यवहार गरे । त्यसपछि आक्रोशमा आएकी गायिकाले त्यही माइकले फ्यानलाई प्रहार गरिन् ।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । खासमा यो मामिला के हो ?

शनिबार उनको कन्सर्टमा यो हंगामा मच्चिएको हो । सुन्तला रङको पहिरनमा गायिकाले धमाकेदार प्रस्तुति दिइरहेकी थिइन् । उनले आफ्नो हिट गीत ‘बोडाक एल्लो’ गाइरहेकी थिइन् । त्यसपछि दर्शकको भीडबाट एक व्यक्तिले उनीमाथि ड्रिंक्सको बोतल प्रहार गर्‍यो । लगत्तै कार्डी पनि रिसाइन् र माइकले प्रहार गरिदिइन् ।

कलाकारसँग यस्तो हर्कत भएको यो पहिलो घटना होइन । पटकपटक यस्तो दुर्व्यवहार भएको छ । सोही महिना गायक तथा गीतकार ह्यारी स्टाइल्ससँग पनि यस्तै घटना भएको थियो । कन्सर्टको बीचमा कसैले फूलको गुच्छा हानेर उनीमाथि दुर्व्यवहार भएको थियो । उनको अनुहारमा चोट लागेको थियो । यसअघि बेबे रेक्सा, ड्रेक, केल्सी ब्यालेरिनी, स्टिभ लेसी, किड कुडी र पिंकसँग यस्तो भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?