+
+

कुलो खन्ने क्रममा पहिरोमा पुरिएर गुल्मीमा ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते १६:५२
पहिरोको प्रतिनिधिमूलक तस्वीर ।

१४ साउन, गुल्मी । गुल्मीमा  सिँचाइका लागि कुलो खन्ने क्रममा पहिरोमा पुरिएर तीन जना घाइते भएका छन् ।

जिल्लाको सत्यवती गाउँपालिका- २ स्थित चेहमी सिँचाइ कुलो खन्ने क्रममा पहिरो खस्दा पुरिएर तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डीएसपी डिल्लीनारायण पाण्डेले बताए ।

पहिरोमा पुरिएर घाइते हुनेहरुमा सत्यवती-२ चेहेमीकी ६८ वर्षकी भगवती कुँवर, ४६ वर्षकी लक्ष्मी दर्जी, ४१ वर्षकी प्रेमकला कुँवर रहेका छन् । उनीहरुको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

स्थानीय वासिन्दाले उद्दार गरेर तीनै जना घाइतेलाई उपचारका लागि पाल्पाको मिसन अस्पताल पठाएको डीएसपी पाण्डेले बताए । उनीहरु कुलोमा खसेको पहिरो पन्छाउन गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?