+
+

हरित बण्डका लागि आवश्यक नीति नियम बनाउने बोर्डको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते १७:२०

१४ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले हरित बण्ड लगायतका नवीन वित्तीय औजार निष्कासनका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने घोषणा गरेको छ ।

बोर्डले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै हरित बण्ड लगायतका नवीन वित्तीय औजार निष्कासन गर्न आवश्यक नीति, नियम तथा निर्देशिका संशोधन तथा तर्जुमा गर्ने घोषण्ण गरेको हो ।

यस्तै विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीहरूका लगानी खुला गर्न धितोपत्र सम्बन्धी कानुनहरूमा आवश्यक संशोधन तथा परिमार्जन विषयले बोर्डको नीति तथा कार्यक्रममा निरन्तरता पाएको छ ।

बोर्डले धितोपत्र व्यवसायीका लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गर्ने बताएको छ । साना तथा मझौला कम्पनीको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियामावली तयारी गरी कार्यावन्यनमा ल्याउन घोषणा गरेको छ । बोर्ड नियमावलीको मस्यौदा तयार गरेर सरोकारवालाको सुझाव समेतको आधारमा नियमावली स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ ।

यस्तै वस्तु विनियम बजारका लागि आवश्यक कम्पनी स्थापना गर्न बोर्डले गत आर्थिक वर्षको असोजमा नै आवेदन मागे पनि त्यसको प्रक्रिगा अगाडि बढ्न सकेको छैन । यसअगाडि २ पटक माग गरेको आवेदन खारेज भएपनि तेस्रो पटक बोर्डले आवेदन माग गरेको थियो । तर, तेस्रो पटकको आवेदन माग गरेको १ वर्ष पुग्न लागेको छ । चालु आर्थिक वर्षको बोर्डको नीति तथा कार्यक्रममा पनि पनि वस्तु विनियम बजार स्थापन गर्ने विषयले स्थान पाएको छ ।

‘वस्तु विनियम बजार सम्बन्धी वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फर्स्यौट, वेयर हाउस सम्बन्धमा आवश्यक नीति नियम तथा निर्देशिका तर्जुमा गरिनेछ,’ बोर्डको नीति तथा कार्यक्रममा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?