+
+

धितोपत्र बोर्डले सर्ट सेलिङ, इन्ट्रा–डे कारोबार, अक्सन मार्केट लगायतकाबारेमा अध्ययन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते १८:३७

१४ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारको विकास र विस्तारका लागि सर्ट सेलिङ, इन्ट्रा–डे कारोबार, अक्सन मार्केट लगायतका अध्ययन र अनुसन्धान गर्ने घोषणा गरेको छ ।

बोर्डले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा धितोपत्र बजारको विकास र विस्तार गर्न, बजार संरचनाको स्वरूपमा परिवर्तन गर्न एवम् नयाँ धितोपत्र औजारहरूको सञ्चालनका लागि सहजीकरण गर्न आवश्यक नीतिगत, प्रक्रियागत तथा संस्थागत व्यवस्था गर्ने घोषणा गरेको हो ।

‘धितोपत्र बजारको विकास र विस्तार गर्न सर्ट सेलिङ, इन्ट्रा–डे कारोबार, अक्सन मार्केट र सेक्युरिटी ल्यान्डिङ एण्ड बरोइङकोे व्यवस्था गर्न र नयाँ औजारहरू इक्विटी डेरिभेटिभ्स् लगायत धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी अन्य समसामायिक विषयका सम्बन्धमा विज्ञहरू मार्फत अध्ययन तथा अनुसन्धान गरिनेछ,’ बोर्डको नीति तथा कार्यक्रममा भनिएको छ ।

यस्तै बोर्डले सुपरभाइजरी इन्फरमेसन सिस्टम स्थापनाका लागि अध्ययन गर्ने बोर्डले धितोपत्र बजारको विकास र विस्तार तथा कार्यक्रममा उल्लेख छ ।

धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी साक्षरता प्रवर्द्धनलाई उच्च गुणस्तरीय र प्रभावकारी बनाउन धितोपत्र तथा वस्तु विनिमय बजार साक्षरता ढाँचाको तर्जुमा गर्ने बोर्डको नीति तथा कार्यक्रममा उल्लेख छ ।

बजार साक्षरताको अवस्था र साक्षरता हासिल गरे पश्चात् लगानी अभ्यास तथा बजार प्रवृत्तिमा भएको सुधार मूल्यांकन गर्न सकिने विषयहरू समेत उक्त ढाँचामा समावेश हुने बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?