+
+

हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते १८:५९

१४ साउन, काठमाडौं । सर्वोच्च अदालतले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलिन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य मार्फत हवाई टिकटमा पनि भ्याट लाग्ने व्यवस्था गरेको थियो ।

ट्राभल तथा टुर अपरेटरहरुको संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले दायर गरेको रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले हवाई टिकटमा भ्याट लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

यो मुद्दामा सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ । त्यस्तै यो मुद्दामा सरकारसँग लिखित जवाफ पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?