+
+

लुम्बिनी, तौलिहवा र दाङको लालमटिया आसपास भारी वर्षा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते ६:५३

१५ साउन, काठमाडौं । रूपन्देहीको लुम्बिनी, कपिलवस्तुको तौलिहवा र दाङ देउखुरीको लालमटिया आसपासको क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान साढे २ बजे सूचना जारी गरेर पछिल्लो तीन घण्टायता ती क्षेत्रमा भारी वर्षा भएको जानकारी दिएको हो ।

महाशाखाका अनुसार सबैभन्दा बढी लुम्बिनीमा ७४.२ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी तौलिहवामा ६२.२ मिलिमिटर, लालमटियामा ६२ मिलिमिटर र भैरहवामा ५५.६ मिलिमिटर वर्षा मापन भएको छ ।

भारी वर्षाका कारण सो क्षेत्र भइ बहने कोठी, बाणगंगा, सुरई लगायत खोलाहरूमा बहाव बढ्ने पूर्वानुमान छ । त्यसैले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा सतर्कता अपनाउन पनि महाशाखाले आह्वान गरेको छ ।

मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमतिर सरदर स्थान भन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थान आसपास अवस्थित छ । त्यसैले पूर्वको तुलनामा पश्चिम क्षेत्रमा भारी वर्षा हुन सक्ने सम्भावना छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण हुन सक्ने बाढी, पहिरो तथा भूक्षयबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?