+
+

टोपबहादुर रायमाझी निलम्बनमा परेको सूचना संसदमा सुनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते १२:१०
फाइल तस्वीर ।

१५ साउन, काठमाडौं । नेकपा एमालेका सचिव समेत रहेका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा परेको सूचना संसदमा सुनाइने भएको छ ।

सोमबार दिउँसो १ बजे प्रतिनिधि सभा सदस्यको बैठक बस्दैछ । उक्त बैठकमा सभामुखले रायमाझी निलम्बन भएको जानकारी गराउने सम्भावित कार्यसूची छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका रायमाझी पूर्पक्षका लागि थुनामा छन् ।

प्रतिनिधि सभा नियमावलीको नियम २४८ मा सांसदको पक्राउ सम्बन्धी जानकारी गराउने व्यवस्था छ ।

कुनै सांसद पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनेछन् ।

प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा भने निलम्बनमा पर्ने व्यवस्था छ ।

थुनामा रहेको अवधिभर निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुने प्रावधान नियमावलीको नियम २४८ (३) मा छ ।

३१ वैशाख २०८० मा रायमाझी पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले रायमाझी सहित नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई १ असारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?