+
+

कालीमाटीमा जारी किसान आन्दोलन स्थगित, समस्या समाधानका लागि कार्यदल बनाइने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते १३:५२

१६ साउन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका स्टललाई प्रतिस्पर्धाका माध्यमबाट भाडामा लगाउने विषयमा समिति र राष्ट्रिय किसान सञ्जालका प्रतिनिधिबीच कार्यदल बनाइ समस्या समाधान गर्ने सहमति भएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालको उपस्थितिमा भएको वार्तामा सो सहमति जुटेको अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दङ्गालले जानकारी दिए ।

सहमतिमा समितिका तर्फबाट समितिका अध्यक्ष मदन भुजेल र सञ्जालका तर्फबाट सञ्जालका संयोजक नेपाल किसान महासंघका सभापति गणेशचन्द्र तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।

सहमतिसँगै समितिको परिसरमा हुँदै आएको धर्ना स्थगन भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा बन्ने कार्यदलमा सञ्जालका प्रतिनिधि पनि रहनेछन् ।

सञ्चालले गत २४ असारमा मन्त्री भुसाललाई भटेरे ती विषयमा ध्यानाकर्षण गराएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?