+
+

पुसभित्रै १ खर्ब १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते १९:१५

१६ साउन, काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा प्रथम त्रैमासबाट नै आन्तरिक ऋण परिचालन गर्ने भएको छ । चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋणबाट स्रोत व्यवस्थापन गर्ने बताएका थिए ।

सोही अनुसार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको क्यालेन्डर अनुसार आन्तरिक ऋण बोलकबोल तालिका सार्वजनिक गरेको छ । सरकारले चालु आर्थिक वर्षमा परिचालन गर्ने आन्तरिक ऋण मध्ये १ खर्ब १० अर्ब रुपैयाँ दोस्रो त्रैमास अगाडि पुस मसान्त भित्रै बालकबोल गर्ने भएको छ ।

२ खर्ब ४० अर्ब आन्तरिक ऋणमध्ये ५५ अर्ब ट्रेजरी बिल मार्फत परिचालन हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै १ खर्ब ७९ अर्ब रुपैयाँ आन्तरिक ऋण विकास ऋणपत्रको बोलकबोल मार्फत, २ अर्ब ५० करोड नागरिक बचतपत्र मार्फत र ५० करोड वैदेशिक रोजगार बचतपत्र मार्फत बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

जसमध्ये पुस मसान्तभित्र ट्रेजरी बिल बोलकबोल मार्फत १५ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुँदा विकास ऋणपत्र मार्फत ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुने राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको तालिकामा उल्लेख छ ।

सरकारले २२ साउनमा ३६४ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत २ अर्ब आन्तरिक ऋण परिचालन गर्नेछ । २ असोजमा ३६४ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत नै ३ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुनेछ । ५ मंसिरमा ९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ३ अर्ब र २६ मंसिरमा १८२ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ४ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुने राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको बोलकबोल तालिकामा उल्लेख छ । ९ पुसमा १८२ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत थप ३ अर्ब आन्तरिक ऋण परिचालन हुने राष्ट्र बैंकले बताएको छ ।

सरकारले चालु आर्थिक वर्षको साउनमा नै २ वटा विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । १८ साउनमा ६ वर्षको लागि १० अर्बको विकास ऋणपत्र बोलकबोल हुनेछ । २८ साउनमा पनि थप १० अर्बको विकास ऋणपत्र ८ वर्षको लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

१० भदौमा ६ वर्षको लागि १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्दा २४ भदौमा थप १० अर्बको विकास ऋणपत्र ६ वर्षका लागि नै बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । १४ असोजमा ८ वर्षको लागि १० अर्बको र १६ कात्तिकमा ८ वर्षको लागि नै १० अर्बको अर्को विकास ऋणपत्र बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । १२ मंसिरमा ५ वर्षका लागि १० अर्बको र २६ मंसिरमा ८ वर्ष अवधिको १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्ने सरकारको योजना छ ।

यस्तै २२ पुसमा ६ वर्षका लागि १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । सरकारको बैंकको रुपमा सरकारको योजना अनुसार राष्ट्र बैंकले आन्तरिक ऋण परिचालन गर्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?