+
+

पशुपति क्षेत्र विकास कोषले गर्‍यो मारवाडी सेवा समाजसँगको सम्झौता खारेज

नवीकरण गर्न १५ दिने म्याद

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १५:०७

१७ साउन, काठमाडौं । सरकारले पशुपति क्षेत्रमा मारवाडी सेवा समाजले कौडीको भाउमा प्रयोग गर्दै आइरहेको जग्गााको सम्झौता खारेज गरेको छ । साथै भाडा पुनरवलोकन गरी सम्झौता गर्न १५ दिनको समय सीमा समेत दिएको छ ।

पशुपति क्षेत्र विकास कोषको बैठकले यस्तो निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । यो जग्गामा समाजले पशुपति धर्मशाला चलाइरहेको थियो ।

मारवाडी सेवा समाजले ९ जेठ २०६० देखि क्षेत्र विकास कोषको गौशालामा रहेको ९ रोपनी जग्गा वार्षिक ५१ हजार रूपैयाँमा प्रयोग गर्दै आइरहेको थियो ।

धर्मशालको नाममा शुल्क समेत लिदै आएकोले जनस्तरमा यसको चर्को विरोध भइरहेको बेला कोषले भाडा पुनः मूल्याङ्‍कन गरी सम्झौता गर्न १५ दिनको म्याद दिने निर्णय गरेको हो ।

क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सम्बन्धित संस्थाले गरेको समाज सेवाको मूल्याङ्‍कन गर्दै नेपालको प्रचलित कानुन, अख्तियार अनुसन्धान आयोगको निर्देशन र सर्वोच्च अदालतको फैसलाका आधारमा समय सापेक्षा सम्झौता र दिर्घकालिन समस्या समधानका लागि बुधबारसम्मको सम्झौता खारेज गर्ने निर्णय गरेको बताएका छन् ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धन र सर्वोच्च अदालतले समेत भाडा पुनः नवीकरण गर्न निर्देशिन दिएका थिए । विभिन्न बहानामा मारवाडी सेवा समाजले उक्त निर्णय कार्यान्वयन गर्न आलटाल गरिरहेको मन्त्री किरातीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?