+
+

एसिया रग्वी प्रतियोगिता भदौ पहिलो साता

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १७:४४

१७ साउन, काठमाडौं । एसिया रग्वीको आयोजना तथा नेपाल रग्वी संघको व्यवस्थापनमा भदौ पहिलो साता एशिया रग्वी यू–२० सेभेन्स महिला तथा पुरुष प्रतियोगिता काठमाडौंमा हुने भएको छ ।

संघले बुधबार पत्रकार सम्मेलन गरि २०२३ भाद्र २ र ३ गते त्रिपुरेश्वरस्थित रंगशालामा प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो ।

प्रतियोगितामा पुरुषतर्फ नेपालसहित भारत, थाइल्याण्ड, मलेसिया, चाइनिज ताइपेइ, हङ्गकङ्ग, उज्वेकिस्तान गरि ७ राष्ट्रको सहभागिता रहने छ ।

महिलातर्फ नेपाल, थाइल्याण्ड र मलेसियाको सहभागिता रहने छ ।

प्रतियोगिता लिग कम नकआउटका आधारमा हुने छ । लिगमा पहिलो र दोश्रो हुने टिमकाबीच फाइनल हुने छ ।

७२ लाख अनुमानित लागत रहेको प्रतियोगिताको विजयी टिमले एसिया रग्वीको ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगितालाई एसिया रग्वी संघमा आवद्ध ३५ राष्ट्रले पनि प्रत्यक्ष प्रसारण गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

नेपालको तयारी

नेपाली टोलीले यस प्रतियोगिताका लागि श्रीलंकन प्रशिक्षक विजेलाथ सेनको प्रशिक्षणमा पोखरामा प्रशिक्षण लिइरहेको संघका महासचिव गोविन्द घिमिरेले जानकारी गराए ।

नेपाल रग्वी संघ र गोक्योबीच एक आपसमा सहयोग गर्ने गरि सम्झौता पनि भएको छ ।

गोक्योले रग्वी खेलाडीहरुका लागि खेल पोशाक, ट्रयाक सुट र खेल सामग्री उपलब्ध गराउने छ भने भक्तपुर इन्टरनेशनल हस्पिटलले यस प्रतियोगितामा हस्पिटल पार्टनरको भूमिका निर्वाह गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?